विप्रेषणको अवस्था खस्क्यो
        Post Date : July 19, 2016 | 1:47 pm
          
            
            
            
            
           
        
        
                  
                  काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विप्रेषणको अवस्था खस्कंदै गएको देखाएको छ । गत आ.व. २०७२/७३ को जेठ महिनासम्म विप्रेषण आय ८.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ९८ अर्ब ९५ करोड रुपैया पुगेको छ । अघिल्लो आ.व. २०७१/७२ को समीक्षा अवधिमा विप्रेषण आयको वृद्धि दर १२.४ प्रतिशत रहेको थियो । गत वर्ष ५ खर्ब ५१ अर्ब ७४ करोड रुपैया बराबरको विप्रेषण नेपाल भित्रिएको थियो ।
विप्रेषण आउने क्रम बढिरहे पनि सो रकम पूँजी निर्माणमा भने प्रयोग हुन सकिरहेको छैन । विप्रेषण रकम ९४.७४ प्रतिशत उपभोगमा खर्च हुने आर्थिक सर्वेक्षण २०७२/७३ ले देखाएको छ । विदेशबाट आउने यस्तो रकम पूँजी निर्माणमा लगाउन सके रोजगारीको सृजना हुने राष्ट्र बैंकले जनाएको छ ।

 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            