अनन्त नारायण स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको नयाँ अध्यक्ष
Post Date : June 3, 2016 | 8:52 am

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको अध्यक्षमा अनन्त नारायण नियुक्त हुनु भएको छ । बैंक संचालक समितिको ३४३औं बैठकले अनन्त नारायणलाई अध्यक्षमा नियुक्त गरेको हो । नारायणले यसअघि भारत र दक्षिण एसियाको क्षेत्रीय प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसक्नु भएको छ । यसअघि सुनिल कौशल अध्यक्ष हुनुहुन्थ्यो । वहाँले पनि भारत र दक्षिण एसियाको क्षेत्रीय प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्नु भएको थियो ।