अनलाईन सञ्चारमाध्यम संचालन निर्देशिका, २०७३ जारी

काठमाडाैं, ५ असार । नेपाल सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण, सञ्चालन, अनुुगमनलाई व्यवस्थित गर्न निर्देशिका जारी गरेको छ । अाठ परिच्छेदहरु, २३ बुँदाहरु र दुईवटा अनुसूचीहरु सहित निर्देशिका जारी गरेको छ । निर्देशिकामा प्रकाशन तथा पसारण गर्न नपाईने सामग्रीहरुमा (क) नेपालको सावभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा सघीय ईकाइ बीचको सु-सम्बन्ध, विभिन्न जात, जाति, धर्म वा सम्प्रदाय बीचको सु-सम्वन्ध खलल पर्ने, (ख) राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुरुत्साहन गर्ने, (ग) सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल कार्य गर्ने, (घ) श्रमप्रति अवहेलना गर्ने, जातीय छुवाछुत एवं लैंङ्गिक विभेदलाई दुरुत्साहन गर्ने, (ङ) आधिकारिक स्रोत नभएका, भ्रम श्रृजना गर्ने खालका तथा अन्तराष्ट्रिय सम्बन्धमा प्रतिकूल असर पर्ने अादि रहेका छन् ।
त्यस्तै अनलाइन सञ्चारमाध्यमले आफूले प्रकाशन वा प्रसारण गरेको सामग्री कम्तीमा छ महिनासम्म सुरक्षित राख्नु पर्ने प्रावधान छ । प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चारमाध्यमको सूचीकरण गर्ने कुरा उल्लेख गरिएको छ ।