अपर खिम्ती जलविद्युतले २४ लाख ७५ हजार शेयर जारी गर्ने
Post Date : July 12, 2017 | 3:52 pm

काठमाडौँ, २८ असार । अपर खिमती जलविद्युत आयोजनाले रु.१००।– अंकित दरका २४ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ । अपर खिम्ती जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई ९ लाख ९० हजार कित्ता र सर्वसाधारणलाई १४ लाख ८५ हजार कित्ता शेयर निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
दोलखा र रामेछाप जिल्लाको सीमा भएर बग्ने खिम्ती खोला फर्काएर निर्माण शुरु गरिएको १२ मेगावाटको यस आयोजनाको कुल लागत ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यो आयोजनामा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ ।