अपी पावरले १२३ मेगावाटको तीन जलविद्युत आयोजना निर्माण गर्ने
Post Date : September 4, 2016 | 3:11 pm

काठमाडौं, १९ भदौ । अपी पावर कम्पनी लिमिटेडले ७५ मेगावाटको त्रिशुली गल्छी, ४० मेगावाटको अपर चमेलिया र ८ मेगावाटको अपर नौगडगाढ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।
अपी पावर कम्पनीको १३ औं साधारण सभाले उक्त तीन आयोजना अघि बढाउने निर्णय गरेको हो । कम्पनीले सौर्य ऊर्जामा समेत लगानी गर्ने जनाएको छ ।