अब नेपालभरीको कुनै पनि एटिएमबाट पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने
Post Date : February 1, 2018 | 12:31 pm

काठमाडौँ, १८ माघ । एनएमबी बैंकले आफ्ना बचतकर्ताहरुको सुविधालाई ध्यानमा राख्दै नेपालको एकमात्र विशेष सुविधा भएको NMB Delight Saving Account ल्याएको छ । यसको मुख्य विशेषता भनेकै Delight Saving Account को ATM CARD ले नेपालभरीका कुनै पनि वित्तीय संस्थाहरू (Bank, Finance, Cooperatives) को ATM बाट पैसा झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने रहेको छ । निःशुल्क मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा आर्कषक ब्याजदर यस Delight Saving Account को अन्य विशेषताहरु रहेका छन् भने समग्र ग्राहकवर्गलाई समेट्ने बैंकको विश्वास रहेकोे समेत जनाएको छ ।
हाल एनएमबि बैंकले ९४ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरूबाट सेवा प्रदान गर्दै आएको छ ।