अम्रिसोबाट वर्षदिनमा तीन पटकसम्म आम्दानी
Post Date : August 17, 2016 | 11:26 am

तानसेन, १ भदौ । पाल्पाका किसानहरूले अम्रिसोबाट वर्षदिनमा तीन पटकसम्म आम्दानी लिने गरेका छन् । यहाँका किसानहरूले वर्षामा अम्रिसोबाट विरुवा, हिउँदमा फूल र घाँस बेचेर राम्रो आम्दानी लिने गरेका छन् ।
किसानहरूले बारीको डिल, कान्ला र खाली रहेको जमीनको विरुवा बिक्री गरेर आम्दानी गरेका हन् । यहाँका किसानहरूले फूल बेच्ने उद्देश्यले अम्रिसो रोप्छन् । त्यसको विरुवा (गाना) बाट यहाँका किसानहरूले केही वर्ष यतादेखि आम्दानी गर्न थालेका हुन् । किसानहरूले वर्षमा १ लाख रुपैयाभन्दा बढी अम्रिसोको विरुवा बेचेर कमाउन थालेका छन् । यहाँका स्थानीयवासीहरूले अम्रिसोको गाना र फूल बिक्री गरेर आम्दानी गर्न थालेका हुन् । बतासेमा गाना बिक्रीको संकलन केन्द्र राखिएको छ ।