अरुण भ्याली हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
Post Date : September 4, 2016 | 2:51 pm

काठमाडौं, १९ भदौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १९ औं साधारण सभाले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । विद्युत विकास विभागबाट ९.९५ मेगावाटको काबेली–१ क्यासकेडको अनुमति पाएको छ । यो आयोजना निर्माण गर्न सर्वसाधारणलाई ३१ लाख ५० हजार ८ सय ३३ थान शेयर जारी गरिने कम्पनीका अध्यक्ष गुरु प्रसाद न्यौपानेले बताउनु भयो ।