अल्पाइन डेभलपमेन्ट बैंकको शाखा भिमफेदीमा
Post Date : February 2, 2017 | 1:10 pm

काठमाडौँ, २० माघ । अल्पाइन डेभलपमेन्ट बैंकले मकवानपुरको भिमफेदीमा शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष सुदर्शनप्रसाद अधिकारीले गर्नुभएको छ ।
बैंकको मकवानपुर जिल्लामा ६ वटा शाखासहित चितवन र काभ्रेपलान्चोक जिल्लामा गरी १७ वटा शाखा संचालनमा रहेको छ ।