अल्पाइन डेभलपमेन्ट बैंकले १४.५० प्रतिशत बोनस शेयर दिने
Post Date : January 15, 2017 | 1:51 pm

काठमाडौँ, २ माघ । अल्पाइन डेभलपमेन्ट बैंकको ९ औँ वार्षिक साधारण सभाले आफ्ना शेयरधनीलाई १४ दशमलब ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले संचालक समितिले प्रस्ताव गरेको ३ बराबर २ दबमलब ०८ को अनुपातमा हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ ।
बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को मंसिर मसान्तसम्ममा १ अर्ब ८७ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन र १ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरी ३ करोड ९ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ ।