आइसिएफसि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबाबु पन्तको कार्यकाल थपियो
Post Date : September 24, 2016 | 11:35 am

काठमाडौं, ७ असोज । आइसिएफसि फाइनान्स लिमिटेड, संचालक समितिको १९३ औं बैठकले प्रमुख कार्यकारी अधिकृत रामबाबु पन्तलाई २ वर्ष कार्यकाल थप गरेको छ । आइसिएफसि फाइनान्सले सिइओ पन्तलाई २०७३ असोज ११ गतेदेखि २०७५ असोज १० गतेसम्मको लागि पदावधि थप गरेको हो ।