आईसीएफसी फाइनान्सको १५ औँ शाखा त्रिशुलीमा
Post Date : June 29, 2017 | 1:48 pm

नुवाकोट, १५ असार । आईसीएफसी फाइनान्स लिमिटेडले नुवाकोटको त्रिशुलीमा १५ औँ शाखा संचालन गरेको छ । फाइनान्सले सो स्थानमा रहेको एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरोन्नती गरेको हो । उक्त शाखाको उद्घाटन फाइनान्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले गर्नु भएको छ ।
फाईनान्सले यही जेठ मसान्तसम्म १८ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । साथै ६ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन र ५ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । फाइनान्सको चुक्ता पूँजी ८० करोड १७ लाख रुपैयाँ रहेको छ ।