आशा लघुवित्तको थप शाखा भरतपुर र रजहरमा
Post Date : February 17, 2017 | 3:08 pm

काठमाडौँ, ६ फागुन । आशा लघुवित्त वित्तीय संस्थाले चितवनको भरतपुर र नवलपरासीको रजहरमा शाखा विस्तार गरेको छ । भरतपुर शाखाको उद्घाटन संस्थाका अध्यक्ष रामबहादुर पाण्डे र रजहर शाखाको उद्घाटन संचालक निर्गुणप्रसाद भट्टचनले गर्नु भएको छ ।
शाखा लघुवित्त वित्तीय संस्थाले रुपन्देही कपिलवस्तु, धादिङ र सुनसरीमा शाखा बिस्तार गर्ने तयारी भइरहेको जनाएको छ ।