इन्नोभेटिभ डेभलपमेन्ट बैंकले २३% बोनस शेयर दिने
Post Date : October 4, 2016 | 11:27 am

काठमाडौं, १८ असोज । इन्नोभेटिभ डेभलपमेन्ट बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७२/७३ को खुद मुनाफामध्येबाट आफ्ना शेयरधनीलाई २३ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कर प्रयोजनको लागि १.१४ प्रतिशत नगद लाभांश दिइनेछ ।
उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३५ करोड ३६ लाख रुपैया पुग्नेछ ।