एक्सेल डेभलपमेन्ट बैंकका सिइओ पोखरेल पुनः नियुक्त
Post Date : June 19, 2017 | 11:56 am

झापा, ५ असार । झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिनेशकुमार पोखरेललाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरेको छ । बैंक संचालक समितिको असार १ गते बसेको बैठकले ४ वर्षे कार्यकालका लागि पुनः नियुक्त गरेको हो । सिइओ पोखरेलको पदावधि असार १० गते सकिँदैछ ।