एनआइसी एसिया बैंकले आफ्ना शेयर धनीलाई लाभांश दिने
Post Date : August 27, 2016 | 6:43 pm

काठमाडौं, ११ भदौ । एनआइसी एसिया बैंकले आफ्ना शेयर धनीलाई २७.३७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंक संचालक समितिको बैठकले आ.व. २०७२/७३ को मुनाफाबाट उक्त लाभांशमध्ये २६ प्रतिशत बोनस शेयर र १.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजन) दिने निर्णय गरेको हो ।
त्यस्तै बैंकले बोनस शेयर वितरणपछि कायम रहेको साधारण शेयरको १५ प्रतिशत हकप्रद शेयर बैंकको वार्षिक साधारण सभाबाट पारित भएपछि जारी गर्ने भएको छ ।
बैंकले गत आ.व. २०७२/७३ मा १ अर्ब ७ करोड ९१ हजार रुपैया खुद मुनाफा गरेको थियो ।