एनआईसी एशिया बैंकको नयाँ शाखा दाङको घोराहीमा
Post Date : June 20, 2017 | 1:35 pm

दाङ, ६ असार । एनआईसी एशिया बैंकले दाङ जिल्लाको घोराहीमा ९२ औँ शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन दाङ उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले गर्नु भएको थियो ।
बैंकले चाँडै नै थप शाखा स्थापना गर्ने योजना रहेको जनाएको छ ।