एनआईसी एशिया बैंकको १००ः१५ को अनुपातमा हकप्रद शेयर निष्काशन
Post Date : March 13, 2017 | 8:14 am

काठमाडौँ, ३० फागुन । एनआईसी एशिया बैंकले २०७३ चैत ७ गते शेयरधनी दर्ता किताब बन्द गर्ने भएकोले सोभन्दा अघिको दिनसम्म कायम शेयरधनीहरूका लागि १०० बराबर १५ (१००ः१५) को अनुपातमा प्रति शेयर रु.१००/– अंकित दरको ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद शेयरको निष्काशन तथा बिक्री खुल्ला २०७३ चैत १६ गतेदेखि २०७४ बैशाख १९ गतेसम्म गरेको छ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।