एनआईसी एसिया बैंकको नयाँ शाखा फिदिममा
Post Date : January 3, 2017 | 3:18 pm

काठमाडौँ, १९ पुस । एनआईसी एसिया बैंकले पाँचथरको फिदिममा ७७ औँ शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष मित्रप्रसाद काफ्लेले गर्नु भएको छ ।
त्यस्तै बैंकको ७७ वटा शाखा, ३ वटा एक्सटेन्सन काउन्टर र ६९ वटा एटिएम पुगेको छ ।
बैंकको हालै सम्पन्न १९ औँ वार्षिक साधारण सभाले आफ्ना सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ भने बोनस सेयर वितरण पश्चात कायम हुन आउने चुक्ता पूँजीको १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको बैंकले जनाएको छ ।