एनआईसी एसिया बैंकको मोबाईल बैंक एप सेवा संचालनमा
Post Date : November 29, 2016 | 4:58 pm

काठमाडौँ, १४ मङ्सिर । एनआईसी एसिया बैंकले मोबाईलबाट संचालन हुने नयाँ सेवा मोबाईल बैंक एप सेवा संचालनमा ल्याएको छ । मोबाईल मार्फत सूचना र बैंकिङ्ग सेवालाई सहज बनाउने उद्देश्य रहेको यस सुविधामा ग्राहकले रकम ट्रान्सफर, युटिलिटी बिल पेमेन्ट, चेक बुक मागका साथै बैंकको शाखा, एटीएम लोकेसन र बैंकका सबै सूचना प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।