एनआईसी एसिया बैंकको समुन्नति बचत खाता
Post Date : July 12, 2017 | 4:00 pm

काठमाडौँ, २८ असार । एनआईसी एसिया बैंकले शून्य मौज्दातमा खाता खोल्न सकिने समुन्नति बचत खाता संचालनमा ल्याएको छ । ‘बैंक पनि साथी पनि’ नारासहित बैंकले बचत खाताको रकम बढाई वार्षिक ९ प्रतिशतका दरले ब्याज दिने जनाएको छ ।
बैंकका देशभर ११८ शाखा, ३ एक्सटेन्सन काउण्टर रहेका छन् । बैंकले निकट भविष्यमै थप शाखा विस्तार गर्ने तयारी भइरहेको जनाएको छ ।