एनआईसी एसिया बैंकद्वारा वृक्षारोपण
Post Date : July 14, 2017 | 1:17 pm

काठमाडौँ, ३० असार । एनआईसी एसिया बैंकका विभिन्न शाखाहरूले वृक्षारोपण कार्यक्रम गरेका छन् । बैंकको धरान शाखाले पूर्वाञ्चल क्याम्पस परिसरमा, नेपालगञ्ज शाखाले महेन्द्र बहुमुखी क्याम्पस पसिर र चन्द्रगढी शाखाले कृष्णद्वैपायन गुरुकुल वेद विद्यालयमा गरी १ हजार ६ सय विरुवा रोपेको बैंकले जनाएको छ ।