एनआईसी एसिया बैंकलाई बोनस शेयर वितरण गर्ने स्वीकृति
Post Date : September 13, 2016 | 12:59 pm

काठमाडौं, २८ भदौ । एनआईसी एसिया बैंकले २६ प्रतिशत बोनस शेयर र १ दशमलब ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ ।
बैंकको आगामी असोज १८ गते हुने १९ औँ वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ । बैंकले आ.ब. २०७२/७३ को खुद मुनाफा १ अर्ब ७ करोड ९१ हजार रुपैयाबाट उक्त बोनस शेयर र वितरणपछि १५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि राखेको छ ।