एनएमबि माइक्रोफाइनान्सको हकप्रद शेयर विक्री खुल्ला
Post Date : November 28, 2016 | 2:38 pm

काठमाडौँ, १३ मङ्सिर । एनएमबि माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले रु १०० अंकित दरका ५,५२,००० कित्ता शेयरको हकप्रद शेयर निष्काशन गर्न २०७३।०७।१८ भन्दा अघिल्लो दिनसम्म शेयरधनी दर्ता पुस्तिकामा कायम शेयर धनीहरुलाई २ शेयर बराबर १ दशमलव २ (१ः १.२) का दरले निष्काशन तथा बिक्री खुल्ला गरेको छ । हकप्रद शेयर बन्द २०७३ पौष १० गते कार्यालय समयपछि हुनेछ ।
हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ ।