एनएमबी बैंकका सिइओ उपेन्द्र पौडेल ‘मेनेजर अफ द इयर २०१६’ बाट सम्मानित
Post Date : February 12, 2017 | 1:16 pm

काठमाडौँ, १ फागुन । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल नेपाल व्यवस्थापन संघ (म्यान) ले प्रदान गर्ने ‘मेनेजर अफ द इयर २०१६’ बाट सम्मानित हुनु भएको छ । संघले नेपाल स्टक एक्सचेञ्जका महा–प्रबन्धक सिताराम थपलियालाई ‘मेनेजमेन्ट रिकग्नाइजेसन अवार्ड २०१६’ बाट सम्मान गरेको छ ।
त्यस्तै भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई ‘मेनेजर अफ दर वाच २०१६’ बाट सम्मान गरेको छ । बैंकको ३६ औँ साधारण सभाले उक्त सम्मान गरेको हो ।