एनएमबी बैंकको खुद मुनाफा १ अर्ब ५१ करोड रुपैयाँ
Post Date : July 27, 2017 | 3:52 pm

काठमाडौँ, १२ साउन । एनएमबी बैंकले गत आर्थिक वर्ष २०७३/७४ को चौथो मासिकमा ७३ अर्ब २२ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन र ६१ अर्ब २१ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ५१ करोड १३ लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । बैंकको निस्क्रिय कर्जा अनुपात १.६६ प्रतिशत रहेको छ ।
बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ भने जगेडा कोषमा ४ अर्ब २६ करोड ९४ लाख ४० हजार रुपैयाँ छ ।