एनएमबी बैंकको चार नयाँ शाखा
Post Date : June 18, 2017 | 11:20 am

काठमाडौँ, ४ असार । एनएमबी बैंकले एकैसाथ चार नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले म्याग्दीको बेनी, बाराको निजगढ, मकवानपुरको हेटौंडा र नवलपरासीको कावासोतीमा नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएको हो ।
थप नयाँ चार शाखासहित बैंकको शाखा संख्या ८० पुगेको छ भने एटिएम ६४ र एक्सटेन्सन काउण्टर ५ पुगेको छ ।