एनएमबी बैंकको तेस्रो त्रैमासमा १ अर्ब १४ करोड रुपैयाँ खुद मुनाफा
Post Date : April 24, 2017 | 2:15 pm

काठमाडौँ, ११ वैशाख । एनएमबी बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासमा ७१ अर्ब १५ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन र ६० अर्ब २४ करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब १४ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । अघिल्लो आ.व. २०७२/७३ को यसै अवधिमा ७७ करोड ११ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।
बैंकको २०७३ चैत मसान्तसम्म निस्क्रिय कर्जा अनुपात १.७० प्रतिशत र कर्जा निक्षेप अनुपात ७०.८१ प्रतिशत रहेको छ ।
बैंकको हाल चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब ९५ करोड ५१ लाख २१ हजार रुपैयाँ रहेको छ ।