एनएमबी बैंकको शैक्षिक कर्जा सेवा शुरु
Post Date : June 7, 2017 | 12:50 pm

काठमाडौँ, २४ जेठ । एनएमबी बैंकले स्वदेश तथा विदेशमा पढ्न चाहने विद्यार्थीका लागि ‘एनएमबी बैंक शैक्षिक कर्जा’ नामक कर्जा सेवा शुरु गरेको छ । शिक्षामा आत्मनिर्भरता भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले ल्याएको यो शैक्षिक कर्जाको कर्जा अवधि १० वर्षसम्म रहनेछ भने अधिकतम १ करोड रुपैयाँसम्मको शैक्षिक कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।
एनएमबी बैंकले शैक्षिक कर्जा आवेदन दिएको ५ दिनमै उपलब्ध गराइने पनि जनाएको छ ।