एनएमबी बैंकको १९ प्रतिशत बोनस शेयर
Post Date : October 28, 2016 | 1:55 pm

काठमाडौँ, १२ कात्तिक । एनएमबी बैंक, संचालक समितिको ३२२ औँ बैठकले आ.व. २०७२/७३ को लेखा परिक्षणपछिको वितरण योग्य रकममध्येबाट २० प्रतिशत लाभांश (१९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि) वितरण गर्ने निर्णय गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।