एनएमबी बैंकमा सरल बचत खोल्दा १० ग्राम चाँदीको सिक्का
Post Date : May 31, 2017 | 3:06 pm

काठमाडौँ, १७ जेठ । एनएमबी बैंकले हालै एनएमबी सरल बचत खाता नाम गरेको नयाँ बचत खाता ल्याएको छ । यो खाता अन्य बचत खाताभन्दा विशिष्ट रहेको बैंकले जनाएको छ । बैंकमा सरल बचत खाता खोल्दा १० ग्राम चाँदीको सिक्का सित्तैमा पाउने जनाइएको छ । साथै निःशुल्क मोबाइल बैंकिङ, डेबिट कार्ड र इन्टरनेट बैंकिङको सुविधाहरू भएको यो खाता न्यूनतम ५ हजार रुपैयाँमा खोल्न सकिने बैंकले जनाएको छ ।