एनबीआईको बैंकका संचालक समितिका सदस्यहरूलाई तालिम
Post Date : May 23, 2016 | 9:09 am

काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) ले वाणिज्य बैंक र विकास बैंकका संचालक समितिका सदस्यहरूलाई तालिम दिएको छ ।
वाणिज्य बैंक र विकास बैंकका संचालक समितिका अध्यक्ष तथा सदस्य गरी ४० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा संचालक समितिको भूमिका र दायित्व, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र बलियो वित्तीय संस्थाको लागि बलियो संचालक समिति लगायतका विषयमा कार्यपत्र प्रस्तुती नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले दिनु भएको थियो ।