एनबीआईले ५ प्रतिशत लाभांश दिने
Post Date : October 7, 2016 | 3:46 pm

काठमाडौं, २१ असोज । नेशनल बैंकिङ्ग इन्स्टिच्युट (एनबीआई) को आठौँ वार्षिक साधारण सभाले शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
एनबीआईले बैंकिङ्ग सर्टिफिकेट (लेभल–१) कोर्स संचालन गर्दै आएको छ । एनबीआई बैंकका कर्मचारीहरूलाई लक्षित गरी चार्टर्ड एसोसियट्स अफ नेशनल बैंकिङ्ग इन्स्टिच्युट लेभल–२ कोर्ष पनि संचालन गर्ने भएको छ ।
यस्तै बैंकिङ्ग क्षेत्रका भर्टिकल लेभलका क्रेडिट, रिस्क, एसएमई, रिटेल र एएमएल विषयका कोर्स पनि सुरुवात गर्ने योजना रहेको जनाएको छ ।