एनबी बैंकद्वारा प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण
Post Date : June 13, 2017 | 3:16 pm

पर्वत, ३० जेठ । नेपाल बंगलादेश बैंक (एनबी बैंक) को २३ औँ वार्षिकोत्सवको अवसरमा कुश्मा शाखाले प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । कुश्माको छमर्केस्थित जनजागृत प्राथमिक विद्यालयलाई दुई थान ह्वाइट बोर्ड र २२ जना विद्यार्थीलाई स्कुल ब्याग र स्टेशनरी सामान वितरण गरेको बैंकले जनाएको छ ।