एनसिसी बैंकको बचतमा साढे ६ प्रतिशत ब्याज
Post Date : February 1, 2017 | 1:22 pm

काठमाडौँ, १९ माघ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसी) ले आफ्नो २० औँ बार्षिकोत्सवको उपलक्ष्यमा एनसिसी उत्सव बचत खाता संचालनमा ल्याएको छ । बार्षिक ६ दशमलब ५ प्रतिशत ब्याज दिने गरी ल्याएको यस बचत खातामा डेबिट कार्ड निःशुल्क दिनुका साथै १० हजार रुपैयाँसम्मको निःशुल्क औषधोपचार बिमा पनि गर्ने बैंकले जनाएको छ ।
साथै बैंकले १२० दिने मुद्दती खाता खोल्ने ग्राहकलाई वार्षिक १२ प्रतिशत ब्याज दिने नयाँ मुद्दती खाता पनि ल्याइसकेको छ ।