एनसीसी बैंकको खुद मुनाफा ७ करोड ७६ लाख रुपैयाँ
Post Date : February 16, 2017 | 9:09 pm

काठमाडौँ, ५ फागुन । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकमा ५५ अर्ब ४६ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन र ४८ अर्ब ४२ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरी ७ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
बैंकको हाल चुक्ता पूँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ३० करोड ३९ लाख ३८ हजार रुपैयाँ छ ।