एनसीसी बैंकको खुद मुनाफा १६ करोड ७३ लाख रुपैयाँ
Post Date : May 15, 2017 | 5:33 pm

काठमाडौँ, १ जेठ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकसम्ममा ५५ अर्ब २६ करोड ४९ लाख रुपैयाँ निक्षेप संकलन र ४८ अर्ब ७० करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरी १६ करोड ७३ लाख ६२ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको यसै अवधिमा निस्क्रिय कर्जा ४.६८ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७७.१४ प्रतिशत रहेको छ ।
बैंकको हाल चुक्ता पूँजी ४ अर्ब ६९ करोड ९० लाख ५८ हजार रुपैयाँ छ । त्यस्तै जगेडा कोषमा २ अर्ब ३९ करोड ३६ लाख ८५ हजार रुपैयाँ रहेको छ ।