एनसीसी बैंकलाई चार विकास बैंक गाभ्ने अन्तिम स्वीकृति
Post Date : December 5, 2016 | 4:27 pm

काठमाडौँ, २० मङ्सिर । नेपाल राष्ट्र बैंकले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकमा चार विकास बैंक गाभ्न अन्तिम स्वीकृति दिएको छ । नेपाल राष्ट्र बैंक, संचालक समितिको आइतबार बसेको बैठकले एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंकलाई मर्जरमा जनको लागि अन्तिम स्वीकृति दिएको हो ।
एनसीसी बैंकको चुँक्ता पुँजी हाल २ अर्ब ३५ करोड ३१ लख ७६ हजार रुपैयाँ रहेको छ । चारवटा विकास बैंक गाभिएपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।