एभरेष्ट बैंकको शाखा कञ्चनपुर र कैलालीमा स्थापना
Post Date : June 3, 2016 | 9:08 am

एभरेष्ट बैंकले कञ्चनपुरको महेन्द्रनगर र कैलालीको सुख्खडमा शाखा संचालन गरेको छ । अर्धशहरी र दुर्गम स्थानमा शाखा संचालन गर्ने क्रममा महेन्द्रनगर तथा सुख्खडमा शाखा स्थापना गरेको बैंकले जनाएको छ ।
महेन्द्रनगर शाखाको उद्घाटन कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालिया ले संयुक्त रुपमा गर्नु भएको छ ।
त्यस्तै सुख्खड शाखाको उद्घाटन उद्योग वाणिज्य संघ, घोडाघोडीका अध्यक्ष चन्द्रप्रकाश चौलागाई र बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले संयुक्त रुपमा गर्नु भएको छ ।
बैंकको हाल ६१ वटा शाखा, ५ एक्सटेन्सन काउण्टर, २४ राजस्व संकलन काउण्टर र ८५ एटिएम तथा बृहत वाह्य सञ्जाल मार्फत उत्कृष्ट वित्तीय सेवा दिंदै आइरहेको बैंकले जनाएको छ ।