एभरेष्ट बैंकको सल्लीबजारमा शाखारहित सेवा
Post Date : January 24, 2017 | 12:32 pm
सल्यान, ११ माघ । एभरेष्ट बैंकले सल्यानको सल्लीबजारमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकका नेपालजञ्ज शाखाका प्रबन्धक लवप्रसाद कुईकेलले शाखारहित बैंकिङ सेवाको उद्घाटन गर्नु भएको छ ।
शाखारहित बैंकको सेवा संचालन भएकोले सल्यान र सुर्खेत जिल्लाका २४ भन्दा बढी गाविसका जनताले रेमिट्यान्स र अन्य बैंकिङ सेवा पाउने बैंकले जनाएको छ ।