एभरेष्ट बैंकद्वारा वृद्धवृद्धालाई न्यानो कपडा सहयोग
Post Date : January 10, 2017 | 1:02 pm

काठमाडौँ, २६ पुस । एभरेष्ट बैंकले पशुपतिनाथ मन्दिर स्थित आश्रमलार्ई जाडोको न्यानो कपडा सहयोग गरेको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले जाडोको न्यानो लुगा वृद्धाश्रममा रहेका वृद्धाहरुलाई वितरण गर्नु भएको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्तव अन्तर्गत कपडा वितरण गरेको जनाएको छ ।
उक्त कार्यक्रममा पञ्जाब नेशनल बैंकका कर्यकारी निर्देशक डा. एमएस साँगापुरे र पशुपति विकास कोषमा सदस्य सचिव डा. गोविन्द टण्डनको पनि उपस्थिति रहेको थियो ।