एभरेष्ट बैंक र मेटलाइफ नेपाल बीच बैंकासुरेन्स सम्झौता
Post Date : April 29, 2016 | 1:11 pm

एभरेष्ट बैंक र मेटलाइफ नेपाल बीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ए.के.अहलुवालिया र मेटलाइफ नेपालका प्रमुख कार्यकारी अधिकृत एम अलाउदीन अहमदले हस्ताक्षर गरेको जारी विज्ञप्तीमा जनाइएको छ । सम्झौता पछि एभरेष्ट बैंकका ग्राहकले बैंकको शाखाबाटै मेटलाइफ नेपालको बिमा सेवा पाउन सक्नेछन् ।