एसियन लाइफ इन्स्योरेन्सको २० प्रतिशत बोनस र २ बराबर १ को अनुपातमा हकप्रद शेयर
Post Date : March 5, 2017 | 8:44 pm

काठमाडौँ, २२ फागुन । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७२/७३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । बोनस शेयर वितरणपछि कम्पनीले २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
एसियन लाइफ इन्स्योरेन्सको २०७३ चैत १७ गते हुने वार्षिक साधारण सभाले बोनस तथा हकप्रद शेयर दिने प्रस्ताव पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।
एसियन लाइफ इन्स्योरेन्सको हाल चुक्ता पूँजी ६७ करोड १३ लाख रुपैयाँ रहेको छ ।