एस डेभलपमेन्ट बैंकको मुनाफा ६ करोड रुपैया
Post Date : November 23, 2016 | 1:01 pm

काठमाडौँ, ८ मङ्सिर । एस डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमासिकमा ६ करोड ३५ लाख रुपैंया खुद मुनाफा गरेको छ । गत आर्थिक वर्ष २०७२।७३ को यसै अवधिमा बैंकले ३ करोड ९८ लाख रुपैंया खुद मुनाफा गरेको थियोे ।
बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७ अर्ब ३४ करोड निक्षेप संकलन र ६ अर्ब ५८ करेड रुपैंया कर्जा लगानी गरेको जनाएको छ ।