एस डेभलपमेन्ट बैंकको २१ औँ साधारण सभा सम्पन्न
Post Date : November 3, 2016 | 9:12 am

काठमाडौँ, १२ कात्तिक । एस डेभलपमेन्ट बैंकको २१ औँ साधारण सभाले आ.व. २०७२/७३ को मुनाफाबाट २०.२५ प्रतिशत बोनस शेय जारी गर्ने निर्णय गरेको छ ।
यसको अतिरिक्त संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी आगामी कार्यकालका लागि ५ सदस्यीय संचालक समितिको चयन गरेको छ । संस्थापक संचालकमा योगेन्द्र बहादुर शाक्य, राजीवराज राजभण्डारी, राजेन्द्रप्रसाद दाहाल रहेका छन् भने सर्वसाधारण संचालकमा विनोद रत्न तुलाधर र केशव बोहरा छन् ।
हाल बैंकको कुल निक्षेप ७ अर्ब ५८ करोड ९० लाख रुपैया रहेको जनाइएको छ ।