एस डेभलपमेन्ट बैंकले २०.२५% बोनस शेयर दिने
Post Date : September 21, 2016 | 8:29 am

काठमाडौं, ५ असोज । एस डेभलपमेन्ट बैंकको संचालक समितिको २३१ औं बैठकले शेयरधनीहरूलाई २० दशमलब २५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि बोनस शेयर वितरण गरिने जनाइएको छ ।
बैंकले आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्म ७ अर्ब ५८ करोड ९० लाख रुपैया निक्षेप संकलन, ६ अर्ब ७५ करोड ३१ लाख रुपैया कर्जा प्रवाह गरी २५ करोड २६ लाख रुपैया खुद मुनाफा गरेको छ । बैंकको उक्त अवधिमा चुक्ता पूँजी भने १ अर्ब ४ लाख रुपैया रहेको छ ।