कञ्चनपुरबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

कञ्चनपुर, २६ असोज । कञ्चनपुरबाट पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्न थालेको छ । स्वदेशमा पर्याप्त रोजगारीको व्यवस्था नहुँदा विदेसिने युवापुस्ताकोेको सङ्ख्या बढ्न थालेको हो ।
जिल्ला प्रशासन कार्यालयमा रहेको वैदेशिक रोजगार परामर्श केन्द्रकाअनुसार गत आर्थिक वर्ष २०७२/७३ मा मात्रै सात हजार ६९७ जनाले वैदेशिक रोजगारीका लागि राहदानी लिएकामा जिल्लाबाट चार हजार ६२२ र केन्द्रबाट तीन हजार १५ जनाले राहदानी बनाएको केन्द्रका परामर्शदाता लक्ष्मी बोहराले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या पनि बढ्दो क्रममा छ ।
गतवर्ष राहदानी लिनेमध्ये ५७१ जना महिला रहेका छन् । कञ्चनपुरबाट विदेश जाने कतार, दुवई, मलेसिया, ओमन, साउदीलगायतका देशमा जाने गरेका छन् ।
सो केन्द्रका अनुसार आर्थिंक वर्ष २०७१/७२ मा ९ हजार ११८ जनाले लागि राहदानी बनाएका थिए । रासस