कञ्चन डेभलपमेन्ट बैंकले २५ प्रतिशत बोनस शेयर दिने
Post Date : November 30, 2016 | 2:03 pm

काठमाडौँ, १५ मङ्सिर । कञ्चन डेभलपमेन्ट बैंकले २५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि १ दशमलब ३२ प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकले हाल कायम चुक्ता पूँजी १९ करोड २० लाख रुपैयाँको ५० प्रतिशत अर्थात दुई बराबर एक शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।
त्यसै गरी बोनस शेयर र हकप्रद शेयर जारी गरेपछि कायम हुने चुक्ता पूँजीबाट पुनः १० बराबर ३ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ ।
बैंकको आगामी पौष ९ गते हुने वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।