कञ्चन डेभलपमेन्ट बैंकले २ शेयर बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्दै
Post Date : December 16, 2016 | 1:44 pm

काठमाडौँ, १ पुस । कञ्चन डेभलपमेन्ट बैंकले २०७३।०८।२९ गतेसम्म कायम साबिक शेयरधनीहरुका लागि २ शेयर बराबर १ को अनुपातमा प्रति शेयर रु १०० को अंकित दरको ९ लाख ९० हजार कित्ता हकप्रद शेयर निष्काशन मिति २०७३ पौष १८ गतेका दिनदेखि २०७३ माघ २३ गते सम्म बिक्री खुल्ला गरेको छ ।
हकप्रद शेयरको लागि धितोत्रपत्र बोर्ड निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।