कञ्चन डेभलपमेन्ट बैंकले हकप्रद शेयर बिक्री गर्ने
Post Date : March 4, 2017 | 8:00 am

काठमाडौँ, २१ फागुन । कञ्चन डेभलपमेन्ट बैंकले बिक्री नभई बाँकी रहेको सर्वसाधारण समूह तर्फको १३ हजार १ सय ८२ कित्ता हकप्रद शेयर लिलाम बिक्रीको शिलबन्दी बोलपत्र आह्वान गरेको छ । हकप्रद शेयर खरिदको लागि मूल्य प्रति शेयर रु १००।– तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी मिति २०७३ फागुन २६ गतेदेखि २०७३ चैत ४ गतेसम्म बोलपत्र बुझाइसक्नु पर्नेछ ।
हकप्रद शेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड तोकिएको छ ।